काठमाडौं । साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स  एमपक्स  पुष्टि भएको छ । अहिले ती संक्रमित व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल उपचार भइरहेको छ ।

एमपक्ससँग मिल्दोजुल्दो लक्षण र ज्वरो आएको उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा आज पुष्टि भएको हो ।

advertisement

अस्पताल स्रोतका अनुसार ती संक्रमितलाई क्याबिनमा राखेर उपचार भइरहेको छ ।

यसवर्ष अस्पताल आएका ३ जनामा एमपक्स पुष्टि भएको अधिकारीको भनाइ छ । नेपाल पहिलो पटक २०८० असारमा एमपक्स पुष्टि भएको थियो।

चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।

यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com