काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ। यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो।

advertisement

नयाँ थपिएकोसहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ। यस्तै, समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ।

यो पद संख्या थप सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गरिएको सूचनामा उल्लेख छ।

502375558_1036525665276623_7401803036227758519_n

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com