काठमाडाैं । बिहीबार राति राहत सामग्री वितरण केन्द्रहरू नजिकै इजरायली सेनाले गरेको गोलीबारीमा कम्तीमा २३ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ‘राहत सामग्रीको लागि पर्खिरहेका प्यालेस्टिनीहरू लगभग हरेक दिन इजरायली आक्रमणमा मारिएका छन्’ गाजाका अधिकारीहरूले भने ।

हालैका घटनामाथि इजरायली सेनाले कुनै आधिकारिक बयान दिएको छैन । यसअघि, इजरायली सेनाले चेतावनीको लागि मात्र गोली चलाउने बताएको थियो । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, गत महिनाको अन्त्यदेखि राहत सामग्री लिन भेला भएका ४०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ ।
-एजेन्सी

advertisement

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com