काठमाडौं । रास्वपाका सांसदहरू आज पनि नीलो रिबन र कालो ड्रेस लगाएर संसद् भवन पुगेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै आफूहरूले आज पनि कालो पोशाक र नीलो रिबन लगाएर आएको प्रवक्ता मनिष झाले बताए ।

advertisement

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भन्दै विरोधमा नीलो रिबन लगाएर गएको हो । अस्ति पनि नीलो रिबन लगाएर रास्वपा सांसदहरू सदन पुग्दा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आपत्ति जनाउँदै बैठकबाट निष्कासन गर्नसमेत माग गरेका थिए ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com