काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइएपछि उनले सरकारले सदनलाई हेपेको बताएका छन्।

advertisement

‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन। बारम्बार हामीलाई सदनबाट कार्यसूची आउँछ। ती कार्यसूचीहरू हटाइन्छ, कारण के भनेर सोध्छौं। मन्त्रीको उपस्थिति छैन,’ उनले भने।

सदनमा विपक्षी दलले आन्दोलन गरेपनि जवाफदेही नरहेको पनि उनले बताए।

‘सदनमा आन्दोलन भएको यति समय भयो। सरकारको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित हुनुभयो। अहिले आज दिएको कारयसूचीमा पनि मन्त्रीहरू उपस्थित हुनुहुन्न। मन्त्रीहरूको उपस्थिति बेगर छलफल चलाइनुहुन्न,’ उनले भने, ‘नियमावलीहरूलाई हामीहरूले पालना गर्नुपर्ने, सांसदले पालना गर्नुपर्ने, सरकारले पालना गर्नु नपर्ने? कहाँसम्मको अन्याय हो यो पाण्डे बताए ?’

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com