काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सरकारले संसदमा उठाइएको प्रतिरोधलाई प्रश्नबाट बच्न प्रयोग गरिरहेको आरोप लगाएकी छन्। उनले मानव तस्करीजस्तो गम्भीर मुद्दामा सरकार गम्भीर नदेखिएको र जवाफदेही हुन नचाहेको टिप्पणी गरिन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै गौतमले भनिन्, ‘हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा छौं। बेचिएका नेपालीहरूको आँशुले नपोलेको सरकार न त गम्भीर देखिन्छ, न त जवाफदेही।’

advertisement

उनको आरोप छ कि सरकार संसदमा उठेको प्रतिरोधलाई बहानाबाजीको रूपमा प्रयोग गर्दै प्रश्नोत्तरबाट भाग्ने काम गरिरहेको छ।

‘सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ,’ गौतमले भनिन्।

सांसद गौतमले जनप्रतिनिधिहरू विरोधमा उभिँदा समाधान खोजिनुपर्नेमा जोड दिँदै, त्यसविना सदन सामान्यझैं चल्नु उपयुक्त नहुने बताइन्।

‘विरोधका बीच पनि सदन सामान्य रूपमा चलिरहन्छ, तर हामीलाई देखाएर विधेयक पारित हुनबाट रोकिन्छ,’ उनले भनिन्, ‘सरकार हाम्रो प्रतिरोधलाई सुविधा अनुसार देख्ने या नदेख्ने विषय बनाउँदैछ, जुन लोकतान्त्रिक मूल्य विपरीत हो।’

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com