चितवन । चितवनको खहरेपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको माइक्रोबस (इभी गाडी) एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो।

advertisement

दुर्घटनामा परेर घटनास्थलमै ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृत्यु हुनेमा मकवानपुर–३ का सोमप्रसाद रुपाखेती, हेटौँडा–५ की मैयाँ कुमारी न्यौपाने पहाडीसहित अन्य तीन महिला र दुई पुरुष रहेका छन्, जसको सनाखत हुन बाँकी छ।

घाइते १८ जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल र एलाईभ अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com