काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा दिवंगत पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व. रजकको निवासमै पुगेर तीन लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।
गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित आन्दोलनका क्रममा भएको आगलागीमा परी पत्रकार रजकको निधन भएको थियो।
रास्वपाले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनको परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न राज्य संयन्त्र, राजनीतिक दलहरू र आन्दोलनकारी सबै पक्ष जिम्मेवार बन्नुपर्ने माग समेत पार्टीले राखेको छ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया