धादिङ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडक खण्ड आगामी असार ८ र ९ गते रातिको समयमा सवारी आवागमनका लागि बन्द हुने भएको छ।
धादिङको गजुरी गाउँपालिकास्थित गलौदी खोलामा आरसीसी बिम राख्ने कार्य बाँकी रहेकोले सो कामलाई सहज बनाउन दुई दिन राति सवारी आवागमनमा अस्थायी रोक लगाउने निर्णय गरिएको हो।
नागढुंगा–मुग्लिङ सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाका अनुसार राति १०:३० बजेबाट बिहान ३ बजेसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइनेछ।
जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक व्यवस्थाको पूर्वतयारी गर्न अनुरोध गर्दै उक्त समयमा सडक प्रयोग नगर्न आग्रह गरेको छ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया