एजेन्सी । इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली रक्षा बल (आईडीएफ) ले इरानी सहर कोममा रहेको एक आवासीय भवनमा शनिबार गरेको आक्रमणमा एक वरिष्ठ इरानी कमाण्डरको मृत्यु भएको दाबी गरेका छन्। मारिनेमा सईद इजादी रहेका छन् ।

काट्जका अनुसार इजादीले अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणलाई आर्थिक सहयोग गरेका थिए। उनले भने, ‘यो इजरायली गुप्तचर विभाग र वायुसेनाका लागि ठूलो उपलब्धि हो। यसले हमासद्वारा मारिएकाहरू र बन्धक बनाइएहरूलाई न्याय मिल्नेछ। इजरायलको लामो हातले आफ्ना सबै शत्रुसम्म पुर्‍याउनेछ।’

advertisement

इजादी इरानको शक्तिशाली कुड्स फोर्सका सदस्य थिए, जुन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक शाखा हो। यद्यपि,आईआरजीसीले अहिलेसम्म इजादीको मृत्युको पुष्टि गरेको छैन।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com