काठमाडौं । रुपन्देहीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।मायादेवी गाउँपालिका ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरको ठक्करबाट सम्मरीमाई गाउँपालिका ५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका( ७ का १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको हो ।

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई गरगट्टीमा ठक्कर दिएको थियो । गम्भीर घाइते खान र ठाकुरलाई भैरहवास्थित भीम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे ।

advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले ठक्कर दिने टिपर चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

 

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com