एजेन्सी । ब्राजिलमा हट एयर बेलुन दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको खबर छ। सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले एक्समा दिएको जानकारी अनुसार शनिबार बिहान दुर्घटना हुँदा हट एयर बेलुनमा २२ जना सवार थिए।
मेलोले राहत र उद्धार टोली घटनास्थलमा पुगेको र बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको बताएका छन्। उनले भने, ‘दुई जनाको उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ। यो दुर्घटनाबाट सबै स्तब्ध छन्।’
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया