काठमाडौं । नागार्जुन नगरपालिका ३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ ।

यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । त्यहाँ आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो ।

advertisement

सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । नेपाली सेना र नेपाल प्रहरीको समेत सहयोगमा साढे एक घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ।

आगो निभाउन बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो । सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो ।

 

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com