काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले हाल सिन्धुपाल्चोक जिल्लाका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
साथै कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकीका एक दुई स्थानमा समेत हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भू(भागको केही स्थानमा तथा बाँकी भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाका साथै उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, बागमतीका एक(दुई स्थानमा भारी वर्षा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा धेरै भारी देखि भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया