काठमाडौं । संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ । स्थापना दिवसको दिन बिहानै बसेको केन्द्रीय समिति बैठकले सभापति रविमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलाउने निर्णय लिएको थियो । सोहीअनुसार पार्टीले माइतीघर मण्डलाबाट दिउँसो औपचारिक रूपमा अभियान सुरु गरेको हो ।

पार्टीका सहकोषाध्यक्ष तथा अभियान संयोजक दीपक बोहराका अनुसार देश–विदेशमा रहेका नेपालीले अभियानमा अनलाइन वा अन्य माध्यमबाट जोडिएर समर्थन जनाउन सक्नेछन् । सभापति रविले ‘न्याय’ नपाएसम्म अभियान चलाउने रास्वपाको योजना छ । अभियानको प्रारम्भमा कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गरेका थिए । कार्यक्रममा भैरहवा कारागारमा रहेका सभापति लामिछानेले पठाएको सन्देश पनि वाचन गरिएको थियो ।

advertisement

सभापति रवि जेलमा र संसदीय दल भिजिट भिसा दुरुपयोग र मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति मागेर सदनमा आन्दोलनमा रहेका वेला शनिबार रास्वपाले माइतीघरमा कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । रास्वपा ७ असार ०७९ मा स्थापना भएको थियो । सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा सभापति रवि हाल भैरहवा कारागार छन ।

 

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com