काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल घेरेर नाराबाजी जारी राखेका छन्।
रास्वपाको विरोध प्रदर्शन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सदन बहिष्कारबीच पनि प्रतिनिधिसभाले मन्त्रालयगत बजेटमाथिको छलफल अघि बढाएको छ।
रास्वपाका सांसद असिम साहले सदनमा बोल्दै, आफूहरू अल्पमतमा भएको आधारमा कम आँक्न नहुने चेतावनी दिए। साथै उनले गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा पार्टी अडिग रहेको पुनः दोहोर्याए।
त्यस्तै, राप्रपाका सांसद धवल शमशेर राणाले चैत १५ गतेको आन्दोलनका क्रममा सरकारद्वारा मञ्चमै अश्रुग्यास प्रहार गरिएको भन्दै राज्यले नागरिकमाथि हिंसा प्रयोग गरेको आरोप लगाए।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया