काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठक तीव्र विवादमा परिणत भयो, जब स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिनुपर्छ भन्ने अभिव्यक्ति दिए।

सांसद सिंहको उक्त भनाइलाई आपत्तिजनक, गैरजिम्मेवार र राष्ट्रघाती ठहर गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाए। उनको समर्थनमा सत्ता गठबन्धनका अन्य सांसदहरू समेत उभिएर विरोधमा उत्रिए।

advertisement

सभामुख देवराज घिमिरेले सिंहको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भन्दै संसद् रेकर्डबाट हटाउने निर्देशन दिए। तर, सिंहले उक्त कदमको विरोध गर्दै सभामुखको निष्पक्षता माथि प्रश्न उठाए। “एमालेकै सभामुख हो? बजेट छलफलमै भाग लिन पनि नपाइने?” भन्दै उनले आक्रोश पोखेका थिए।

सिंहले थप आक्रोश व्यक्त गर्दै भने, “देशप्रति गद्दारी त तपाईंहरू गरिरहनुभएको छ।” यसपछि बैठकमा तनाव चुलिँदै सत्तापक्षका सांसदहरू नाराबाजीमा उत्रिएका थिए।

सभामुखले बैठक शान्त बनाउन पटक–पटक आग्रह गरे पनि लामो समयसम्म अवरोध कायमै रह्यो।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com