काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहद्वारा प्रतिनिधिसभाको बैठकमा नेपाललाई लिजमा अर्को देशलाई दिन सकिने अभिव्यक्ति दिएपछि संसदमा तीव्र विवाद उत्पन्न भएको छ।

सिंहको अभिव्यक्तिलाई आपत्तिजनक र राष्ट्रघाती भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाए। उनले उक्त अभिव्यक्तिको सार्वजनिक निन्दा गर्दै डा. सिंहविरुद्ध कारबाहीको माग समेत गरे।

advertisement

सिंहको भनाइको विरोधमा सत्तारूढ दलका सांसदहरू पनि उठेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले संसदको गरिमा कायम राख्नुपर्ने भन्दै नेपालको भूमि अन्य राष्ट्रलाई दिन सकिने भनाइ रेकर्डबाट हटाउन निर्देशन दिए।

सभामुखको उक्त निर्देशनप्रति असन्तुष्टि जनाउँदै डा. सिंहले आपत्ति प्रकट गरे। तर सभामुख घिमिरेले बजेटमाथिको छलफलमा केन्द्रित हुन सभासदहरूलाई आग्रह गरे।

सभामुखको रुलिङको बेवास्ता गर्दै सिंहले पुनः आफ्नै ढंगले बोल्न खोजेपछि सभामुख घिमिरेले कडा स्वरमा चेतावनी दिँदै भने, “माननीय सदस्य, यदि तपाईं निर्धारित विषयमा बोल्न सक्नुहुन्न भने कृपया डायस छाडेर तल जानुहोस्।”

उक्त घटनाले प्रतिनिधिसभाको बैठक केही समय तनावपूर्ण बनाएको थियो।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com