काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रमाथि भएको आक्रमणको कारण हामी आफैंभित्रको कमजोरी रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद् जस्तोसुकै रूपमा चल्नुपर्ने हो, त्यसअनुसार नचलेको स्पष्ट पारे। उनले स्वाभिमान र सम्मानलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेकोमा जोड दिए।

advertisement

अध्यक्ष केसीले सत्तामा रहेका व्यक्तिहरूको इशारामा गोटी बनेर हिँड्दा जनप्रतिनिधिहरूको इज्जत क्रमशः घट्दै जाने बताए।

उनले नयाँ पुस्तामा ‘देशमा केही हुँदैन’ भन्ने निराशा पलाएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।

शिक्षा प्रणालीले मुलुकको विकास सम्भव नहुने भन्दै उनले संघीयता देशको समृद्धिका लागि होइन, सत्ताको भागबण्डा र सम्पत्तिको लुछाचुँडीका लागि लागू गरिएको आरोप लगाए।

उनको भनाइमा, सत्ता र शक्तिको पछि लाग्दा राष्ट्रले दुर्दशा भोग्नुपरेको छ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com