एजेन्सी । आइतबार इरानले गरेको हवाई आक्रमणमा १६ जना घाइते भएको इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए)ले बताएको छ । घाइते १६ जनाको उपचार भइरहेको छ ।
यी आक्रमणमा घाइते भएका १६ जनामध्ये एक जना ३० वर्षीय पुरुष पनि छन्, जसको अवस्था स्थिर रहेको बताइएको छ । बाँकी १५ जनालाई सामान्य चोट लागेको बताइएको छ ।
यसअघि एमडीएले आइतबार बिहान इरानी हवाई आक्रमणमा ११ जना घाइते भएको बताएको थियो । इरानको आक्रमणपछि तेल अभिभमा एउटा भवनमा क्षति पुगेको इजरायली प्रहरीले बताएको थियो ।
यस क्षतिग्रस्त भवनबाट छ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ । यी छ जनालाई सामान्य चोट लागेको छ । भवन भित्र फसेका मानिसहरूको खोजी भइरहेको इजरायली प्रहरीले बताएको छ ।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया