काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले बजेटप्रति प्रतिपक्ष भन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसदहरू रहेको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणाली बदल्नुपर्नेमा समेत जोड दिए ।
उनले चुनावमा जाँदा सांसदहरूले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरू पूरा गर्छौँ भनेर जनताबाट निर्वाचित भएर आएका हुने तर बजेट नपर्ने समस्या रहेको बताए ।
उनले अर्थमन्त्रीसँग राष्ट्रनिर्माणको सबैभन्दा ठुलो भूमिका हुने जिकिर समेत गरे ।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया