काठमाडौं । कर्णालीका सामाजिक अभियानकर्मी नवराज बोहराले ३१ दिनको खाली खुट्टाको यात्रा पूरा गर्दै अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले आफ्ना अनुभव, अभियानका उद्देश्य तथा यात्रामा देखिएका सामाजिक चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

बोहराले खासगरी उपचार नपाएका बालबालिकाको अवस्था, सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षण जस्ता संवेदनशील विषय उठाएका थिए। उनले ती समस्याको समाधानका लागि स्थानीयस्तरमा भएका प्रयासहरूको पनि अवगत गराएका छन्।

advertisement

गत जेठ ४ गते सुर्खेतबाट आफ्नो यात्रा सुरु गरेका बोहरा असार ३ गते काठमाडौं आइपुगेका थिए। सोही दिन प्रधानमन्त्रीलाई भेट्न खोजेपनि व्यस्तताका कारण आज मात्र भेट हुन सकेको हो।

भेटका क्रममा प्रधानमन्त्री ओलीले बोहराको अभियानको सराहना गर्दै उनलाई स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्न सुझाव दिएका थिए। शरीरलाई धेरै कष्ट नदिई, पवित्र उद्देश्यसहित काम गरिरहन उनले आग्रह गरे।

भेटपछि प्रतिक्रिया दिँदै बोहराले आफू पहिलो चरणको यात्रा पूरा गरेर सन्तुष्ट भएको बताए। अब भने जुत्ता लगाएर, दाह्री काटेर नयाँ स्वरूपमा अभियानको अर्को चरण सुरु गर्ने बाेहराले बताएका छन्।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com