काठमाडौं । कर्णालीबाट सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणको सन्देश लिएर खाली खुट्टा हिँडेर काठमाडौं आएका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्।

बोहराले गत जेठ ४ गते सुर्खेतबाट आफ्नो यात्रा सुरु गरेका थिए। ३१ दिन लामो यात्रा सम्पन्न गरी उनी असार ३ गते काठमाडौं आइपुगेका थिए। त्यसै दिन प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयास गरे पनि कार्यव्यस्तताका कारण भेट सम्भव नभएपछि आज औपचारिक भेटघाट भएको हो।

advertisement

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा बोहराले यात्राका क्रममा देखिएका समस्या, विशेषगरी उपचार नपाएका बालबालिकाको अवस्था र तिनको समाधानका लागि आफूले गरेका पहलबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले बोहराको अभियानको उद्देश्यप्रति सम्मान व्यक्त गर्दै पवित्र भावनाका साथ अभियान अगाडि बढाउन सुझाव दिए। साथै, उनले शरीरलाई अत्यधिक कष्ट नदिई स्वास्थ्य र परिवारको पनि ख्याल गर्न आग्रह गरे।

प्रधानमन्त्रीसँगको भेटपछि प्रतिक्रिया दिँदै बोहराले आफ्ना विचार र अनुभव प्रधानमन्त्रीसमक्ष राख्न पाउँदा खुशी लागेको बताए। उनले पहिलो चरणको अभियान पूरा नभएकाले अब जुत्ता लगाएर, दाह्री फेरेर नयाँ स्वरूपमा अभियानलाई अर्को चरणमा लैजाने संकेत समेत गरे।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com