काठमाडौं । पशुपतिमा शव जलाउने बिद्युतीय मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोमा१६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदस्यसचिव मिलन थापासहित १६ जना विरुद्ध आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले कोषका बोर्ड सदस्य तथा कर्मचारी तथा ठेकदारलाई पनि प्रतिवादी बनाएको छ । १४ व्यक्ति र २ कम्पनीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

कोषले म्याप इन्टरपेनर्स प्रालिसँग मेसिन खरिद गरेको थियो। मिलेमतोमा मेसिन खरिद गरेको भन्दै साढे १० करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो। विवादकै कारण मेसिन खरिदको भुक्तानी भने भइसकेको छैन ।

advertisement

मुद्दा दायर भएका सदस्यसचिव थापाविरुद्ध यसअघि जलहरी प्रकरणमा मुद्दा दायर भएकोमा सफाइ पाएपछि पुनः पदमा फर्किएका थिए।

कोषले चारवटा मेसिन खरिदका लागि  २०८० साल असोजमा म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो । जसअनुसार पाँच करोड ६५ लाख ५४ हजार ७९० रुपैयाँमा खरिद गरिएका दुईवटा मेसिन गत वर्ष नै जडान गरिएका थिए । तर, ठेकेदार, कोषका पदाधिकारी तथा कर्मचारीबिच कमिसनको कुरा नमिलेपछि ती मेसिनको भुक्तानी रोकिएको स्रोत बताउँछ ।

जलहरीको भ्रष्टाचार मुद्दामा कोषका सदस्यसचिव मिलन थापा निलम्बनमा परेका वेला तत्कालीन निमित्त सदस्यसचिव राजुुकुमार खत्रीले खरिद सम्झौता गरेका थिए । उनले नै २ वैशाख ०८१ मा पहिलो चरणमा भुक्तानी गर्ने निर्णय पनि गरेका थिए । तर, पछि अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि सदस्यसचिवमा फर्किएका थापाले भुक्तानी रोके ।

आयोगले कोषका सदस्य सचिव थापासहित तत्कालिन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालिन निमित्त सदस्यसचिव राजु कुमार खत्री, इन्जिनियर पशुपति ठाकुर, निमित्त उप निर्देशक सिताराम रसेल, उप निर्देशक रेवती रमण अधिकारी, कोषका लेखा अधिकृत चन्द्र प्रसाद खनाल, इन्जिनियर रमेश पुरी, इन्जिनियर डेनिस उप्रेती, कोषका कानुनी सल्लाहकार लैनकुमार थापालाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, इन्जिनियरीङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, म्याप इन्टरप्राइजेजका सञ्चालकहरु मनोज पुरी र यदुनन्दन भट्टराईविरुद्ध पनि मुदा दायर भएको छ ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com