काठमाडौँ । पहलगाममा भएको आतङ्ककारी हमलाको दुई महिनापछि भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी एनआईएले दुई जनालाई पक्राउ गरेको छ ।
एनआईएको अनुसन्धानअनुसार पक्राउ परेका यी दुई जनाले उक्त हमलाका वेला आतंकवादीहरूलाई आश्रय दिएका थिए । पक्राउ परेका आरोपी परवेज अहमद जोठार र बशीर अहमद जोठार रहेका भारतीय पत्रिका भास्करले लेखेको छ । सोधपुछका क्रममा यी दुवै जनाले आतङ्ककारीहरू लश्कर ए तैयबासँग आबद्ध भएका बताएका छन् ।
एनआईएका अनुसार परवेज और बशीरले हमलाअघि यसअघि पक्राउ परेका तीन जना आतङ्ककारीलाई हिल पार्कस्थित एक अस्थायी झुपडीमा राखेका थिए । जहाँ ती आतंककारीहरूलाई यी दुई जनाले खाना दिनुका साथै अन्य सुविधा दिएका समाचारमा जनाइएको छ ।
२२ अप्रिलमा भएको उक्त हमालामा २६ जनाको मृत्यु भएको थियो भने अन्य १६ जना गम्भीर घाइते भएका थिए । आतंकवादीहरूले मानिसहरूलाई उनको धर्म पहिचान गरी छानीछानी हत्या गरेका थिए । यो घटना पहलगाम सहरभन्दा करिब छ किलोमिटर पर बायसरन घाटीमा भएको थियो । एजेन्सी
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया