काठमाडौं । इरानको संसद्ले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्ने प्रस्तावलाई अनुमोदन गरेको  एक वरिष्ठ सांसदले आइतबार मिडियाहरूलाई बताए । यो निर्णय अमेरिकाले तीनवटा आणविक सुविधाहरूमाथि आक्रमण गरेपछि आएको हो ।

“संसद्ले स्ट्रेट अफ होर्मुज बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ,” संसद्को राष्ट्रिय सुरक्षा समितिका सदस्य इस्माइल कोवसारीले सरकारी टेलिभिजनमार्फत प्रसारित बयानमा भने ।
“यस सम्बन्धमा अन्तिम निर्णय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा निर्भर छ,” कोवसारीले थपे । यो परिषद् इरानको सर्वोच्च सुरक्षा निकायको रूपमा काम गर्छ ।

advertisement

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com