काठमाडौं । अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमार्फत इरानका परमाणु केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणबारे विस्तृत जानकारी दिएका छन्।

उनले आक्रमणको उद्देश्य इरानको परमाणु क्षमतालाई कमजोर बनाउने र पूर्णरूपमा नष्ट गर्ने रहेको स्पष्ट पारे। रक्षामन्त्री हेगसेथले कारबाहीका क्रममा कुनै इरानी सैनिक वा सर्वसाधारणमा क्षति नपुगेको दाबी समेत गरे।

advertisement

उनका अनुसार विगतका थुप्रै अमेरिकी राष्ट्रपतिहरूले इरानको परमाणु कार्यक्रमविरुद्ध कठोर कदम चाल्ने इच्छा राखे पनि त्यो कार्यान्वयन गर्न सकेनन्। तर डोनाल्ड ट्रम्पले भने त्यो साहसिक निर्णय लिन सकेको उनले बताए।

“राष्ट्रपति ट्रम्प जब बोल्छन्, तब विश्वले सुन्नुपर्छ,” उनले भने, “उहाँको नेतृत्वमा लिइएको यो कदम साहसी, स्पष्ट र अत्यावश्यक थियो, जुन अमेरिका बाहेक अन्य कुनै राष्ट्रले लिन सक्दैनथ्यो।”

रक्षामन्त्री हेगसेथले ट्रम्प युद्धभन्दा शान्तिका पक्षधर रहेको उल्लेख गर्दै भने, “राष्ट्रपति ट्रम्पको लक्ष्य शान्ति हो, परमाणु हतियार होइन। इरानले पनि यही बाटो रोज्नुपर्छ।”

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com