एजेन्सी ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा यो महिना आठ जना बन्धकको शव फेला परेको पुष्टि गरेका छन्। शनिबार उनले योनाटन समेरानो, ओफ्रा केदार र स्टाफ सार्जेन्ट शाई लेभिनसनको शव भेटिएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री नेतन्याहूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै सबै बन्धकहरूलाई, चाहे जीवित होस् वा मृत, फिर्ता ल्याउने अभियान जारी रहने बताएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामी जीवित वा मृत सबै अपहरणमा परेकालाई फिर्ता ल्याउँछौँ।”

advertisement

यसैबीच, गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका जोशी हमासद्वारा अपहरणमा परेका थिए। उक्त आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो।

नेपाल सरकारले जोशीको अवस्थाबारे जानकारी लिन कूटनीतिक प्रयासहरू जारी राखेको बताए पनि हालसम्म कुनै ठोस सफलता प्राप्त हुन सकेको छैन।

इजरायली सेनाका अनुसार गाजामा अझै करिब ५४ जना बन्धक रहेको अनुमान छ, जसमध्ये ३१ जनाको मृत्यु भइसकेको बताइएको छ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com