काठमाडाैं । मुगुको छायानाथ रारा नगरपालिकामा करेन्ट लागेर १० वटा खच्चरको मृत्यु भएको छ। यो घटना नगरपालिकाको वडा नम्बर १२ लुम्सोस्थित विद्युत्को ट्रान्सफर्मरबाट करेन्ट लिक हुँदा भएको हो। चरिरहेका खच्चरहरूलाई घटनास्थलमै करेन्ट लागेको थियो।

जिल्ला प्रहरी कार्यालय, मुगुका प्रमुख सरोज गिरीका अनुसार आइतबार भएको उक्त घटनामा तीन जना किसानका खच्चरहरू मरेका हुन्। मृतक खच्चरहरूमध्ये छायानाथ रारा नगरपालिका-१० का जोगीबहादुर बुढुवालका तीन, सोही नगरपालिका वडा नम्बर १ का पृथ्वीबहादुर ऐडीका तीन र कर्णबहादुर मल्लका चारवटा रहेका छन्।

advertisement

दुर्गम हिमाली जिल्ला मुगुमा खच्चरलाई ढुवानी र यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिन्छ। एकै पटक १० वटा खच्चर गुमाउँदा किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ र उनीहरूको रोजीरोटीमा गम्भीर असर परेको छ। पीडित किसानहरूले सम्बन्धित निकायबाट उचित क्षतिपूर्तिको माग गरेका छन्।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com