काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख गरिएको ‘टेक एन्ड पे’ व्यवस्था संशोधनका लागि अर्थ मन्त्रालयलाई पत्र पठाइएको जानकारी दिएका छन्।
सोमबार प्रतिनिधिसभामा बजेटसम्बन्धी उठेका प्रश्नको उत्तर दिने क्रममा मन्त्री खड्काले उक्त विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल भइरहेको बताए। उनले भने, “दश मेगावाटसम्मका साना जलविद्युत् आयोजना तथा खपत वा निर्यात सुनिश्चितता भएका ठूला नदी प्रवाही आयोजनाका लागि पनि प्रवाही ‘टेक एन्ड पे’ प्रणालीअन्तर्गत विद्युत् खरिद सम्झौता (पीपीए) गर्न आग्रह गर्दै ऊर्जा मन्त्रालयले जेठ २७ गते औपचारिक पत्र पठाइसकेको छ।”
उनका अनुसार, अर्थ मन्त्रालयसँग निरन्तर संवाद भइरहेको छ र संशोधन हुने कुरामा ऊर्जा मन्त्रालय आशावादी छ।
बजेटमा विभागीय मन्त्रालयको जानकारीबिना नै ‘टेक एन्ड पे’को व्यवस्था समावेश गरिएपछि निजी क्षेत्रले त्यसको विरोध गर्दै आन्दोलन थालेको छ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया