काठमाडौं । कर्णालीको समग्र विकास, वातावरण संरक्षण तथा सुशासनको माग गर्दै सुर्खेतबाट पैदल यात्रा सुरु गरेका सामाजिक अभियन्ता नवराज बोहरा राजधानी काठमाडौं आइपुगेपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
एक महिनासम्म नाङ्गो खुट्टामा यात्रा गर्दै काठमाडौं आइपुगेका बोहराले प्रचण्डसँगको भेटमा आफ्नो अभियानका उद्देश्य र मागहरूबारे जानकारी गराएका थिए। उनले कर्णाली क्षेत्रको दीर्घकालीन विकास, अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी तथा वातावरणीय सन्तुलन जोगाउने विषयमा आफू क्रियाशील रहेको बताएका थिए।
अध्यक्ष प्रचण्डले बोहराको अभियानको प्रशंसा गर्दै त्यसले माओवादी केन्द्रले अघि सारेको आन्दोलन र विचारसँग मेल खाने बताए। उनले आफू प्रधानमन्त्री रहँदा कर्णालीको समृद्धिका लागि थालिएका योजनाहरू अभियानका प्रमाण भएको उल्लेख गरे।
प्रचण्डले बोहराको अभियानलाई सकारात्मक कदम भन्दै पूर्ण समर्थन जनाए र भविष्यमा पनि यस्ता पहलहरूलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले बोहरालाई अभियान निरन्तरता दिन शुभकामना दिए।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया