काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै सक्रिय रहँदा पनि राज्य मौन बसेको गम्भीर आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले मानव तस्कर र्याकेटलाई सरकारकै संरक्षणमा चलाइएको दाबी गरे। उनले सोचेभन्दा गम्भीर रुपमा राज्यसंरक्षकहरूकै मिलोमतोमा मानव तस्करी भइरहेको बताएका हुन।

advertisement

ूसभामुख महोदय, के जनताको मुद्दा उठाउनु अपराध हो, भन्दै उनले प्रश्न गरे, सरकारहरू र मन्त्रीहरू फेरिन्छन्, तर मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ।

मानव तस्करी केवल कानुनी अपराध नभई मानवताको गम्भीर अपमानसमेत भएको उनले उल्लेख गरे। भिजिट भिसाको नाममा भइरहेको तस्करी अपराध मात्र होइन, यो मानवताको घोर अपमान हो, उनले भने, यो र्याकेट नेपालभित्रैबाट राज्यको संरक्षणमा सञ्चालित देखिन्छ।

सांसद नेपालीले यस विषयमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको मागसमेत गरे। उनले दुई ठूला दलको नेतृत्वमा रहेको सरकार यस्तो गम्भीर अपराधप्रति किन मौन छ भनेर प्रश्न उठाउँदै सरकार र अपराधी गिरोहबीच साँठगाँठको आशंकासमेत व्यक्त गरे।

रास्वपाले भिजिट भिसा प्रकरणमा १३ जेठदेखि संसदीय छानबिनको माग गर्दै संसदमा निरन्तर विरोध जनाउँदै आएको छ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com