काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

advertisement

“हामीले सक्दो प्रयास गरेका छौँ विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री, सभामुखले पनि गर्नुभयो,” उनले भनिन्, “म आफैँले पनि पत्र लेखेर अनुरोध गरेको छु । कतार र संयुक्त अरब इमिरेट्सका मन्त्रीसँग भेट गरेर अनुरोध गरेको छु ।”

तर जोशीको अवस्था अहिले के छ भन्नेबारेमा नै अनभिज्ञता प्रकट गरिन् ।

“दुईजना विदेशी हराइरहेको जानकारी प्राप्त भएको थियो,” उनले भनिन्, “नेपाली नागरिक विपिन जोशीको बारेमा भगवानसँग प्राथना गरौँ । सकुसल छन् । नेपाल फर्किन्छन् भन्ने आशा गरौँ ।”

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com