काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै ५ जना गैरकानूनीरूपमा गएकाले इरानको जेलमा रहेको सूचना आएको बताइन् ।

उनले भनिन्, ‘इरानमा १६ जना हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उहाँहरूको नागरिकसँग ११ जनालाई ल्याउने वातावरण मिलाएका छौँ । उहाँहरू मसाद भन्ने ठाउँमा हुनुहुन्छ। भोलिसम्म भारत आइपुग्नुहुन्छ ।’

advertisement

उनले गैरकानूनीरूपमा गएर इरानको जेलमा रहेका ५ जनालाई पनि ल्याउन सकिन्छ कि भनेर आफूहरूले प्रयत्न गरिरहेको बताइन् ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com