काठमाडाैं । इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपणस्थलमा सोमबार आक्रमण गरिएको जनाएको छ । मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिनदेखि लडाइँ जारी छ ।

सेनाले विज्ञप्ति जारी गर्दै १५ भन्दा बढी लडाकु विमानले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।

advertisement

इजरायलले जुन १३ मा इरानका क्षेप्यास्त्र र आणविक केन्द्रका साथै सैन्य अधिकारी र सुरक्षा सेवालक्षित ठूलो आक्रमण गरेको थियो ।

इरानी अधिकारीले सप्ताहन्तमा तीन आणविक केन्द्रमा अमेरिकी बमवर्षक विमानले ‘बारुदी सुरुङ’मा पुर्‍याएको क्षतिको बदला लिने प्रतिबद्धता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताएका छन् । अरू अधिकारीले भने तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् ।

-एजेन्सी

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com