काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएलगत्तै अमला रोकालाई प्रहरीले फेरि पक्राउ गरेको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई ६० किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार धरौटी बुझाएर रिहा भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अमला रोकालाई सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएपछि पक्राउ गरी विभागको जिम्मा लगाइएको हाे। सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया