काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक एसपी ढकेन्द्र खतिवडालाई सरुवा गरिएको छ। उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो।
सप्तरीको प्रहरी प्रमुख हुँदा आर्थिक विषयमा आचरण विपरित कार्य गरेको गुनासो परेपछि उनलाई छानबिनका लागि त्यहाँबाट हटाइएको हो। थप छानबिनका लागि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ।
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुरवेदीले आचरणविपरित केही गतिविधिमा संलग्न रहेको गुनासो आएपछि जिम्मेवारीबाट अलग गरेर छानबिन अगाडी बढाइएको बताए।
‘एसएसपीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको छ। अब समितिको छानबिनपछि मात्रै उहाँको विषयमा थप भन्न सकिन्छ। अहिलेलाई प्रश्न उठ्यो त्यसको छानबिन हुँदैछ,’ डीआईजी चतुरवेदीले नेपालखबरसँग भने।
खतिवडालाई काजमा सरुवा गर्ने निर्णय भएसँगै सप्तरी प्रहरी प्रमुखको जिम्मा एसपी गौतम केसीले पाएका छन्।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया