काठमाडौं। जिल्ला अदालत मोरङ परिसरबाट कैदी फरार भएका छन् । चेक अनादर दोषी ठहर भएका विराटनगर महानगरपालिका–१३ का ४० वर्षीय विजय शंकर झा अदालत परिसरबाट भागेका हुन् ।

सुनसरीको दुहबीबाट आइतबार पक्राउ परेका झालाई सोमबार मोरङ अदालत उपस्थित गराइएको थियो । शौचालय जान भनेर हिडेका उनी फरार भएका हुन् ।

advertisement

नागेश्वरप्रसाद साहले ७ लाख ५० हजार बिगो र त्यसको ब्याज दाबी गरेर झाविरुद्ध अदालतमा फिरादपत्र दर्ता गराएका थिए । मोरङ अदालतले २०८० साल माघ २३ गते झाबाट बिगोबापतको रकम र ब्याज भराउनुपर्ने फैसला गरेको थियो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार फैसला बमोजिम झाले रकम नतिरेपछि उनलाई कैद राखिदिनुपर्ने माग गर्दै साह अर्को मुद्दा दायर भएको थियो ।

 

साहकै माग बमोजिम झालाई २ वर्ष कैदमा राख्न अदालतबाट आदेश भएको थियो । झा कैद भुक्तान नगरिकन भागिरहेका थिए । फरार झाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com