काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको छ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको र आज अन्त्येष्टि गरिने पालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए।
उनी केही समयदेखि बिरामी थिए। वडाध्यक्ष घर्तीमगरको निधनपछि थवाङ गाउँपालिकाले आज शोक बिदा घोषणा गरेको पालिका अध्यक्ष बुढामगरले बताए।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार













प्रतिक्रिया