काठमाडौं । कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि त्यसको प्रभाव नेपालसम्म देखियो। कतार जान तयारी अवस्थामा रहेका ५०० भन्दा बढी नेपाली यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिचल्लीमा परे।

नेपाल एयरलायन्स र हिमालयन एयरलायन्समार्फत उड्ने तयारीमा रहेका यात्रु सोमबार राति ११ बजे बोडिङ पास लिएर विमान चढ्न प्रतीक्षारत थिए। तर इरानको मिसाइल आक्रमणपछि सुरक्षा कारण देखाउँदै दुवै उडान अन्तिम समयमा रद्द गरिएपछि उनीहरू रातभर विमानस्थलमै बस्न बाध्य भए।

advertisement

कतारको जनजीवन सामान्य बन्दै गएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने कतार जाने उडान शुरु भएको छैन । मंगलबार बिहान १० बजेर ५ मिनेटका लागि तय भएको कतार एयरवेजको फ्लाईट पनि रद्द भएको विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत सुरेश आचार्यले जानकारी दिए। यात्रुलाई हिमालयन एयरलायन्सले साँझ ६ बजे उडानको लागि बोलाएको छ। नेपाल एयरलायन्सका पदाधिकारी अहिलेसम्म पनि सम्पर्कमा नआएको यात्रुको गुनासो छ।

 

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com