काठमाडौं । इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरानले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो ।

उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ । अमेरिकी सैन्य बेसमाथिको कारबाही सफल भएको उल्लेख गर्दै इरानले ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि तयार भएको बताएको छ ।

advertisement

अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सले जवाफी हमला गरेको थियो । यसपछि इरानले युद्धविराम गरेको समाचार आएका थिए तर उसले अस्वीकार गरेको थियो ।इरानको दाबी अनुसार उक्त आक्रमण अमेरिकाले इरानका तीनवटा आणविक साइटमाथि गरिएको आक्रमणको जवाफ थियो . तर, कतारले भने सबै मिसाइलहरू आकाशमै खसालिएको जनाएको छ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com