काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रूपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार












प्रतिक्रिया