काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकका लागि तय गरिएको कार्यसूचीमा २३ सांसदले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

कार्यसूचीमा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेस सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा, नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहालले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

advertisement

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com