काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजीसी भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकलाई राजीनामाको मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।
मंगलबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले गृहमन्त्री लेखकको प्रत्यक्ष वा परोक्ष संलग्नता भएको आरोप लगाउँदै भने, “गृहमन्त्री ज्यु स्वयंले संरक्षण गरेको हुनाले उहाँ छानबिनबाट अलग बसेर संसदीय छानबिन प्रक्रियामा मार्ग प्रशस्त गर्नुहोस्। चोखिएर फर्किनुहोस्।”
“व्यक्तिगत रूपमा हामीलाई उहाँसँग कुनै आग्रह वा दुराग्रह छैन। उहाँ राम्रा व्यक्ति हुनुहुन्छ,” वाग्लेले स्पष्ट पारे।
उनले आफू कांग्रेसमा हुँदा लेखक आफ्नो राजनीतिक दाइ रहेको पनि स्मरण गरे। “अघिल्लो पटक राजनीतिमा उहाँ मेरा दाइ नै हुनुहुन्थ्यो। उहाँ फसून भन्ने हाम्रो चाहना होइन,” वाग्लेले भने।
तर, नैतिकता र जवाफदेहिताबारे ठूलो कुरा गर्नेहरूले आफूमा समस्या आउँदा पनि उस्तै उच्च मूल्य देखाउनुपर्ने उनले टिप्पणी गरे।
“काफिला क्युँ लुटा वाला मन्त्री उहाँ नै होइन? आफ्नो पालो आउँदा किन चुप बस्नु भएको? कि म नै हिप्पोक्रेट हुँ भनेर भन्नुपर्छ,” वाग्लेले कटाक्ष गरे।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार













प्रतिक्रिया