काठमाडौं । युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै इजरायली रक्षामन्त्री इस्राएल काट्जले तेहरानस्थित प्रमुख शासकीय केन्द्रहरूमा तीव्र हमला गर्न इजरायली सेनालाई निर्देशन दिएका छन्।

उनको आदेश केही समयअघि मात्रै इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित भएको भन्दै आश्रयस्थलहरूबाट बाहिर निस्कन अनुमति दिएपछि आएको हो। इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलका अनुसार, इरानले प्रहार गरेका दुई वटा ब्यालिस्टिक मिसाइललाई इजरायली रक्षा प्रणालीले निष्क्रिय गरेको थियो।

advertisement

त्यसैबीच, इरानका उत्तरपूर्वी क्षेत्रमा मंगलबार बिहान भएको एक आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। गिलान प्रान्तको अस्तानेह-ए अशरफियेह शहरमा चार वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्।

गिलान प्रान्तको गभर्नर कार्यालयले यो घटनालाई ‘आतङ्ककारी हमला’को संज्ञा दिएको छ। घाइते र ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका रहेको बताइएको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार, आक्रमणमा ज्यान गुमाउनेहरूमा वरिष्ठ परमाणु वैज्ञानिक मोहम्मद रजा सिद्दीकी पनि रहेका छन्। इजरायली सेनाले पनि आफ्नो रातको कारबाहीमा एक वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या गरिएको पुष्टि गरेको छ।

तेहरान र तेलअवीवबीचको तनाव थप चुलिँदै गएको यस घटनाले क्षेत्रीय अस्थिरता अझ बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com