काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशीलगायत देशका पहाडी भू भागमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ ।
कोशीलगायत देशका पहाडी भू भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र बागमतीका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाका साथै सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना छ ।
राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी पहाडी भू भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया