काठमाडौं । संघीय संसद् अन्तरगत ६ समितिको बैठक बुधबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका ३ र राष्ट्रिय सभाका ३ वटा समितिको बैठक बस्न लागेको हो।

प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठक को बिहान ११ बजे बोलाइएको छ। बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमाथि छलफल गर्ने कार्यसूची छ। औषधि व्यवसायीले प्रस्तावित मूल्यको विरोध जनाउँदै आएका छन्।

advertisement

प्रतिनिधिसभाकै राज्य व्यवस्था तथा सुशासन समितिमा ‘नेपाल प्रहरीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ। बैठक बिहान ११ बजे बोलाइएको छ। दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिलगायत विषयमा छलफल हुनेछ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुँदैछ।

बैठक दिउँसो १ बजे बस्नेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ। बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ। बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदााथि छलफल गर्ने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com