काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रत्येक वर्ष जेठ–असार महिनामा मलको अभाव र कृषिमन्त्रीको अनुपस्थिति एकैपटक देखिनु संयोग मात्र नभई गम्भीर समस्या भएको संकेत गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत टिप्पणी गर्दै उनले जनताले देशको सत्ता समीकरण सजिलै बुझ्ने गरेको तर मल अभाव र मन्त्रीको गायब हुनुको कारण अझै रहस्यको पर्दा पछाडि रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “नेपालमा सत्ता तालमेल कहाँ छ भन्ने कुरा साधारण जनताले पनि सजिलै थाहा पाउँछन्। तर, हरेक साल जेठ–असारमा मल र कृषिमन्त्री किन बेपत्ता हुन्छन् भन्ने कुरा कोही बुझ्दैन।”
बास्कोटाले राजनीतिमा ‘घेराबन्दी तोड्ने’ नारालाई व्यंग्य गर्दै भनेका छन्, “राजनीतिक घेराबन्दी तोड्ने कुरा धेरै सुनियो, तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता अझै देखिएनन्। कोही छन् त?”
उनको यो टिप्पणी हालै किसानहरूले झेलिरहेको मल अभाव र कृषिमन्त्रीको मौनताप्रति गरिएको कडा आलोचना र व्यंग्यका रूपमा लिइएको छ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया