काठमाडौं । इजरायलका लागि काम गरेको आरोपमा इरानले ७०० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई इरानले ‘इजरायलका भाडाका सैनिक’ भनेको छ ।

फार्स न्युज एजेन्सीका अनुसार, इजरायलसँगको १२ दिने युद्धका क्रममा इजरालयका लागि काम गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

advertisement

इजरायलको जासुसी एजेन्सी मोसादले जुन १३ मा इरानमाथि भएको हमलाका लागि इरानमा गोप्यरूपमा काम गर्ने कर्मचारीहरूको भूमिकालाई स्वीकार गरेको थियो । मोसादले इरानमा हमलाको तयारी गर्दा इरानमा पर्दा पछाडि बसेर काम गर्ने गोप्य एजेन्टहरूले भिडियो फुटेज पठाएर इरानभित्रबाट ड्रोन प्रक्षेपण गर्ने आधार स्थापना गरेको बताएको थियो ।

मोसादको विवरणपछि इरान सरकार र सुरक्षा संयन्त्रमा त्रास उत्पन्न भएको थियो ।

इरानले इजरायलको समर्थनमा अनलाइन लेख सेयर गरेको आरोपमा दर्जनौँलाई पक्राउ गरेको छ । उनीहरूमाथि ‘समाजको मनोवैज्ञानिक सुरक्षालाई बाधा पुर्‍याएको’ आरोप लगाइएको छ ।

द्वन्द्वको क्रममा इरानले इरानी सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निगरानी गर्न नयाँ इकाइ स्थापना गरेको थियो ।

समाचार संस्था फार्सका अनुसार, देशभरबाटै इजरायली एजेन्टहरूलाई पक्राउ गरिएको छ । कथित इजरायली जासुसको पक्राउको संख्याबारे इरानका अधिकारीहरूले अझै विवरण प्रकाशित नगरेको समाचारमा उल्लेख छ ।

अन्य इरानी सञ्चारमाध्यमले पनि द्वन्द्व सुरु भएयता धेरैजसो कथित इजरायली एजेन्टलाई मृत्युदण्ड भइसकेको बताएका छन् ।

-एजेन्सी

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com