काठमाडौं । तेहरानस्थित इरानका प्रमुख परमाणु स्थलगत संरचनाहरूमा अमेरिकाले आक्रमण गरेपनि ती पूर्ण रूपमा ध्वस्त गर्न नसकेको खुलासा भएको छ।

पेन्टागनको प्रारम्भिक गोप्य मूल्याङ्कनका आधारमा इरानको परमाणु कार्यक्रम अझै सक्रिय रहेको जनाइएको छ। अमेरिकी वायुसेनाले हालै ‘बंकर बस्टर’ भनिने शक्तिशाली जिबीयू–५७ बम प्रयोग गरी फोर्दो, नतान्ज र इस्फहानस्थित परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो। ती बमहरू जमिनको सतहबाट ६१ मिटर तलसम्म छिर्न सक्ने क्षमतायुक्त हुन्।

advertisement

तर, अमेरिकी रक्षा गुप्तचर निकायसँग जोडिएका स्रोतहरूका अनुसार ती बमहरूले सतही संरचनाहरूमा मात्र क्षति पुर्‍याए पनि भूमिगत प्रणालीहरू भने धेरै हदसम्म सुरक्षित छन्। यसले अमेरिका आफैंले आक्रमणपछि दाबी गरेको ‘पूर्ण विध्वंस’को दाबीमाथि प्रश्न उठाएको छ।

इरानले पहिल्यै हटाइसकेको थियो संवर्धित युरेनियम
स्रोतहरूका अनुसार आक्रमण हुनुअघि इरानले संवर्धित युरेनियमको ठूलो अंश अन्यत्र सारिसकेको थियो। पेन्टागनको मूल्याङ्कनले पनि यस कुरालाई पुष्टि गर्दै इरानको युरेनियम भण्डारण नष्ट नभएको उल्लेख गरिएको छ।

उपग्रह तस्बिर र स्थानीय दाबी

फोर्दो साइटको उपग्रह तस्बिरमा ६ ठूला खाल्डा देखिए पनि भित्री संरचनामा भएको क्षतिको स्तर अझै स्पष्ट छैन। इरानी सरकारी टेलिभिजनका अनुसार आक्रमणअघि ती केन्द्रहरू खाली गरिसकिएकोले ठूलो क्षति भएको छैन।

राजनीतिक प्रतिक्रिया र विवाद

अमेरिकी सञ्चारमाध्यमहरू सीएनएन, न्यूयोर्क टाइम्स लगायतले पेन्टागनको गोप्य मूल्याङ्कनको हवाला दिँदै खबर प्रकाशित गरेपछि ह्वाइट हाउसले ती रिपोर्टलाई “पूर्णतः झूठो” भनेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ती समाचारहरूलाई ‘इतिहासकै सफल सैन्य अभियान’लाई बदनाम गर्ने षड्यन्त्रको संज्ञा दिएका छन्।

मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टीव विटकाफले गोप्य रिपोर्ट बाहिरिनुलाई “राष्ट्रघात”को संज्ञा दिँदै आक्रोश पोखेका छन्।इरानमाथिको अमेरिकाको आक्रमण शक्तिशाली भए पनि त्यसले इरानको परमाणु कार्यक्रमलाई पूर्ण रूपमा ध्वस्त गर्न नसकेको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। यसले अमेरिकी रणनीति र खुफिया मूल्याङ्कनबारे समेत गम्भीर प्रश्न उठाएको छ।

 

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com